काठमाडौँ, २० फागुन । २०८२ सालको हिट फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शनमा आएको छ ।
नेपालीभाषी बहुल र भारतको पूर्वोत्तर राज्य सिक्किममा प्रिमियर आयोजना गर्दै फिल्मको भारतब्यापी रिलिज थालिएको हो ।
सिक्किम प्रिमियरमा सहभागी हुन निर्माता सरोज न्यौपानेसहित कलाकार भुवन केसी र अनमोल केसी त्यहाँ पुगेका थिए । आयोजित रेडकार्पेट प्रिमियरमा उनीहरू आकर्षणका केन्द्र बने ।
त्यसपछि उनीहरू नेपालीभाषी बहुल पश्चिम बंगालका अन्य थलोहरू दार्जिलिङ र सिलिगुडीमा पुगेर उनीहरूले हल भिजिट समेत गरे । ती ठाउँमा अनमोल र भुवनको क्रेज देखिएको म्यानेजर नीराजन गिरीले बताए ।






