युएई छाड्न आफ्ना नागरिकलाई क्यानडाको आग्रह

एजेन्सी, १९ फागुन ।  क्यानडाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका आफ्ना नागरिकलाई सकेसम्म चाँडो देश छाड्न आग्रह गरेको छ ।

खाडी क्षेत्रका मुलुकहरूमा इरानका आक्रमण जारी रहँदा यस्तो चेतावनी जारी गरिएको हो । क्यानडाले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ, ‘उडानको विकल्प सुरक्षित गर्न सक्नेबित्तिकै तपाईँले संयुक्त अरब इमिरेट्स छाड्नुहोस् । हवाई क्षेत्र समय–समयमा अस्थायी तथा आंशिक रूपमा बन्द हुन सक्ने अवस्था छ ।’

यसैबिच, अस्ट्रेलियाले पनि मंगलबार यूएईका लागि आफ्नो यात्रा सल्लाह बढाउँदै ‘यात्रा नगर्नुहोस्’ भन्ने स्तरमा पुर्‍याएको छ । पश्चिमा मुलुकहरूको यी घोषणाहरू अमेरिकी विदेश मन्त्रालयको चेतावनीपछि आएका हुन् । मन्त्रालयले अमेरिकन नागरिकलाई मध्यपूर्वका विभिन्न देशहरूबाट ‘अहिल्यै प्रस्थान गर्न’ आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १६ असोज । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक

काठमाडौँ, १६ असोज । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात रहेको छ । साल्ट ट्रेडिङ

काठमाडौँ, १६ असोज । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी