कतारको राजधानी दोहामा शृङ्खलाबद्ध शक्तिशाली विस्फोट

एजेन्सी, १९ फागुन । कतारको राजधानी दोहामा मंगलबार राति शृङ्खलाबद्ध शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन् ।

स्थानीय समय अनुसार राति करिब १ः४० बजे दोहाको आकाशमा पाँच वटा ठुला विस्फोटका आवाज गुन्जिएको समाचार अलजजिराले प्रकाशित गरेको हो । 

मध्यपूर्वमा जारी तनाव र इरानले सुरु गरेको आक्रमणको सिलसिलाका बिच कतारको राजधानीमा यी विस्फोटहरू भएका हुन् । यसअघि मंगलबार बिहान पनि सहरमा विस्फोटका आवाजहरू सुनिएका थिए ।

विस्फोटका कारण सहरबासीहरूमा त्रास फैलिएको भए पनि हालसम्म कुनै मानवीय क्षति वा भौतिक संरचनामा क्षति पुगेको जानकारी प्राप्त भएको छैन । अधिकारीहरूले विस्फोटको प्रकृति र त्यसबाट भएको क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा एक युवक पोखरीमा मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार स्थानीय

काठमाडौँ, १७ असोज । सिराहाको औरही गाउँपालिका-१ दरैया क्षेत्रबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले एकसय १० किलो ७६० ग्राम गाँजासहित

काठमाडौँ, १७ असोज । लमजुङ बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेसीसहर–चामे सडक सञ्चालनमा आएको छ । डुम्रे–बेसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी

काठमाडौँ, १७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ