दार्जिलिङमा प्रशान्त तामाङको शालिक स्थापना गरिने

काठमाडौँ, १८ फागुन । नेपाली फिल्म र संगीतका लोकप्रिय सर्जक प्रशान्त तामाङको सम्मानमा दार्जिलिङको मुटु मानिने चौरास्तामा शालिक स्थापना गरिने भएको छ ।

तामाङको निधनको ५० दिन पुगेको सन्दर्भमा आइतबार सिलिगुडीमा आयोजित भेटमा जीटीए प्रमुख अनित थापाले परिवारलाई उक्त आश्वासन दिएका हुन् ।

उक्त भेटमा प्रशान्तकी श्रीमती मार्था आले, छोरी र दिदी अनुपमा उपस्थित थिए । भेटमा थापाले दार्जिलिङका गौरव तामाङको सम्झनालाई सदैव जीवित राख्न चौरास्तामा उनको पूर्ण कदको शालिक स्थापना गरिने बताएका हुन् ।

प्रशान्तले दार्जिलिङको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलेको भूमिकालाई स्मरण गर्दै यो निर्णय ऐतिहासिक र भावनात्मक दुवै रूपमा महत्वपूर्ण रहेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित