अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु, ५० जना घाइते

काठमाडौं, ३ पुस । भारतको एक अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।

सोमबार साँझ मुम्बईको अँधेरीस्थित ईएसआईसी अस्पतालमा आगलागी भएको हो । घाइते र मृतकमध्ये धेरैजसो विरामी र अस्पतालका कर्मचारीहरु  रहेको जनाएका छन ।

भारतीय सञ्चार माध्यमका अनुसार ५० जनाभन्दा बढी घाइते भएका छन् । १४७ जनालाई भने उद्धार गरिएको छ भने उद्धारकार्य जारी रहेको बेला एक जनाको सिँढीमा लडेर र अन्य पाँच जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएका छन् ।

स्वास्थ्यमन्त्री दीपक सावन्तले घटनाबारे अनुसन्धान जारी रहेको बताएका छन् । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय