पाइला – पाइलामा महिला हिंसा : पुरुषले के गर्ने ?

सचिन्द्र श्रेष्ठ । नेपालमा महिला हिंसा विरुद्ध अभियान जारी छ । यस्ता अभियानको क्रममा सचेतना कार्यक्रम, अभिमुखीकरण, ¥याली, प्रचार प्रसार आदि गरिन्छन् । त्यसको परिणाम कस्तो निस्किरहेको छ मूल्यांकन भने भएको छैन । महिला हिंसा विरुद्धका कार्यक्रम गरिए पनि व्यवहारमा त्यसको केही न्यूनीकरण भएको पाइँदैंन ।

सडकदेखि सदनसम्म महिलाका कुरा उठे पनि हिंसा पूर्ण रुपमा बन्द भएको छैन । दिनहुँ जसो हत्या, बलात्कारका घटना घटने अहिले परि पाटी नै बनेको छ भन्दा फरक नपर्ला। नेपाल जस्तो सानो मुलुकमा पित्तृसत्तात्मक सामाजिक संरचना कारण लैंगिकताका आधारमा विभेद हुने गरेको छ । त्यसकै प्रभाव स्वरुप कतिपय महिलाले नै महिलालाई विभेद गरेको पाइन्छ ।

शदियौदेखि चल्दै आएको छ,यसरी महिला विरुद्ध जारी यातना र दण्डहीनता पनि जारी छ । धेरै महिला आन्दोलन भएता पनि राज्य र समाज विभेद रहित हुन सकेका छैनन् । महिलाहरुले कुनै राहतको अनुभूति नै गर्न सकेका छैनन् । वास्तवमा महिलालाई वस्तु होइन व्यक्तिको रुपमा सम्मान गर्नुपर्दछ ।

हामीले महिलालाई सम्मान गर्न सके उनीहरुले पनि हामीलाई सम्मान, माया, प्रेम, स्नेह दिने गर्दछन् । वास्तवमा एकले अर्काको सम्मान र उचित मर्यादा गर्न सक्नुपर्दछ । समाजमा महिलाहरुले आमा, सासु, बुहारी, छोरी, देउरानी, नन्द, भाउजु आदि विभिन्न भूमिका र्निवाह गरेका हुन्छन् । तर हामीहरु बुहारीलाई अत्यन्त कडा स्वभावमा पेस आएका हुन्छौं ।

भनेको नमान्दा उसलाई मानसिक र शारीरीक यातना दिन्छौ जुन गलत हो । महिलाको व्यवहार र सहभागिता बिना जीवन नै अधुरो छ । तर पनि अन्धविश्वासका कारण बोक्सीका नाममा यातना दिने, दाइजोका कारण हत्या र यौनजन्य क्रियाकलाप गर्ने, महिला बेचबिखन, सामूहिक वा एकल रुपमा बलात्कारका हिंसा गर्ने, घरमा छोरी जन्मियो भनेर भ्रूण हत्या गर्ने, महिला हिंसाका उजूरीलाई प्राथमिकता नदिने, रोजगारमा महिला भनेर तल्लो दर्जाको काम दिने जस्ता क्रियाकलाप गर्ने गरेको पाइन्छ ।

त्यस्तै ज्याला मजदुरी गरी खाने महिला पुरुषको पारिश्रमिकमा पनि कति फरक छ । समान कामको समान ज्याला लागू भएको छैन । पुरुषले थोरै काम गर्दा ज्याला धेरै दिने तर कडा परिश्रम गर्ने महिलालाई पनि कम ज्याला दिने गरेको पनि देखिन्छ । यो महिलाको सन्दर्भमा दैनिक मजदुरीमा हुने विभेद हो भने घरभित्र पनि उनीहरुको कामको कुनै मूल्य छैन । यसरी हेर्दा महिलाविरुद्ध पाइला पाइलामा हिंसा छ ।

यस्ता खालका विभेदमा अधिकारकर्मी, समाजसेवी, राजनीतिज्ञ, बुद्धिजीवी, प्रशासनिक निकाय मूकदर्शक छन् । महिला विकासका निम्ति धेरै नै कुरामा ध्यान दिनु जरुरी छ । उदाहरणका लागि महिला भेदभावमा कडा भन्दा कडा सजाय दिने खालका कानुनी सुधार ल्याउनु, महिलालाई उधमशीलताको विकासका साथै अवसरको सृजना गराउनु, विभिन्न खालका तालिममा समान सहभागिता गराउनु, शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगार, राजनीतिमा समान सहभागीता एवं अवसर दिनुपर्दछ । महिलालाई बन्दीगृहमा समेत आत्मसम्मान र अवसर दिनुपर्दछ ।

पीडितलाई न्याय र सहानुभूतिको भूमिका निर्वाह गराउनुपर्दछ । कुनै भाषण, कागजी ब्यानर र ¥यालीमा होइन व्यवहार र कानुनमा उनीहरुलाई समानता उपलब्ध हुनुपर्दछ । वास्तवमा महिलालाई वस्तु होइन व्यक्तिको रुपमा सम्मान गर्नुपर्दछ । हामीले महिलालाई सम्मान गर्न सके उनीहरुले पनि हामीलाई सम्मान, माया, प्रेम, स्नेह दिने गर्दछन् । सचेत पुरुषहरुले महिलालाई सशक्त पार्ने हरेक क्रियाकलापमा साथ दिन्छन् चाहे त्यो घरायसी काम होस् या बाहिरी १ यसरी उनीहरुका सीप र दक्षताको कदर र मूल्यांकन गर्न सके महिला हिंसालाई कम हुने कुरामा दुईमत नहोला ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असार । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध पार्ने कथावस्तुका फिल्मलाई मुलुकभित्र प्रदर्शन अनुमति नदिने

काठमाडौँ, २९ असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले समस्याको समाधान खोज्नुको साटो सरकारले बल  प्रयोग गरेर आवाज दबाउन

काठमाडौँ, २९ असार । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज काठमाडौँमा मनाइएको छ ।  राजधानी काठमाडौँमा प्रभातफेरिको आयोजना गरिएको

काठमाडौँ, २९ असार । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताएका