युएईद्वारा इरानी आक्रमणको निन्दा

एजेन्सी, १७ फागुन । संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो क्षेत्रमा इरानद्वारा गरिएका पछिल्ला आक्रमणहरूको निन्दा गरेको छ ।

बीबीसीका अनुसार युएईले यस कार्यलाई राष्ट्रिय सार्वभौमसत्ताको ठाडो उल्लंघन र अन्तर्राष्ट्रिय कानुनको विपरीत भएको बताएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत एक आधिकारिक धारणा सार्वजनिक गर्दै युएईले इरानको प्रतिरोधात्मक प्रहारलाई खतरनाक कदम र कायरतापूर्ण कार्य को संज्ञा दिएको छ । 

यस्ता गतिविधिले सर्वसाधारणको सुरक्षामा गम्भीर खतरा उत्पन्न गर्ने र क्षेत्रीय स्थिरतालाई धराशायी बनाउने युएईको ठहर छ । युएईको रक्षा मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार, इरानले प्रहार गरेका १३७ वटा ब्यालिस्टिक मिसाइल र २०९ वटा ड्रोनहरूलाई युएईका रक्षा बलले सफलतापूर्वक बिचैमा निष्क्रिय पारेका छन्। यद्यपि, केही ड्रोनहरू भने देशको जमिन र जलक्षेत्रमा खसेका थिए । 

मन्त्रालयका अनुसार खसेका ती १४ वटा ड्रोनका कारण केही भौतिक क्षति भएको छ । वर्तमान सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै युएईको रक्षा मन्त्रालयले आफ्ना सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १६ असोज । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक

काठमाडौँ, १६ असोज । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात रहेको छ । साल्ट ट्रेडिङ

काठमाडौँ, १६ असोज । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी