नेपाली चलचित्र संग्रहालयको उद्घाटन

काठमाडौँ, १३ फागुन । चलचित्र विकास बोर्डले नेपाली चलचित्र संग्रहालयको औपचारिक सुरुवात गरेको छ ।

नेपाली चलचित्रको इतिहास, कला र प्रविधिलाई भावी पुस्तासम्म सुरक्षित गर्ने उद्देश्यसहित मंगलबार बोर्डले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतको उपस्थितिमा संग्रहालय उद्घाटन गरेको हो । 

कार्यक्रममा चलचित्रकर्मी तथा विभिन्न संस्थाहरूले ऐतिहासिक क्यामेरा, क्यासेट, टेप, पोस्टर, आर्टवर्क, स्क्रिप्ट तथा संग्रहयोग्य कागजात हस्तान्तरण गरेका थिए । 

संग्रहालयलाई समृद्ध बनाउन विभिन्न क्षेत्रका चलचित्रकर्मी तथा संस्थाहरूले महत्वपूर्ण योगदान दिएका छन् । सिने फोकस प्रा.लि. (रजत बुढाथोकी)ले रेड क्यामेरा हस्तान्तरण गरेका छन् ।

क्लासिक सिने युनिभर्स प्रा.लि. (दिनेश महरा)ले सोनी इएक्स–३ क्यामेरा उपलब्ध गराएका छन् । चलचित्र सम्पादक मानबहादुर थापाले सन् १९८० को पानासोनिक एफ–१० क्यामेरा, सोनी कलर मोनिटर (२००१), नेशनल पानासोनिक ५४३ क्यासेट टेप, साउन्ड/भिडियो उपकरण तथा अडियो मिक्सर उपलब्ध गराएका छन् ।

म्युजिक नेपालका प्रबन्ध निर्देशक उत्तम थापाले १५२ वटा नेपाली चलचित्रका पोस्टर तथा आर्टवर्क प्रदान गरेका छन् । ओ.एस.आरका रुपेन्द्र खड्गीले चलचित्र आर्टवर्कहरू उपलब्ध गराएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष