ब्राजिलमा बाढी र पहिरोमा परी २५ जनाको मृत्यु

एजेन्सी, १३ फागुन । ब्राजिलको दक्षिण–पूर्वी राज्य मिनास जेरेइसमा अस्ति सोमबार परेको ठूलो वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ ।

बीबीसीका अनुसार सबैभन्दा धेरै क्षति जुइज दि फोरा शहरमा भएको छ, त्यहाँ १८ जनाको ज्यान गएको पुष्टी भएको छ । त्यसैगरी उबा शहरमा ७ जनाको ज्यान गएको छ । रातको समयमा धेरै घरहरू भत्किँदा धेरै मानिस बेपत्ता भएका छन् । उद्धारकर्मी र स्थानीय बासिन्दाहरूले भग्नावशेष र हिलो हटाउँदै हराइरहेकाहरूको खोजीकार्य गरिरहेका खबरमा उल्लेख छ ।

ब्राजिलका राष्ट्रपति लुइज इन्सियो लुला दा सिल्भाले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले जुइज दि फोरामा आपतकाल घोषणा गर्दै राहत, उद्धार तथा पुनर्निर्माणमा तीव्र रूपमा परिचालन गरिएको बताउनुभएको छ । जुइज दि फोरामा मात्रै झण्डै साढे ४ सय परिवार  घरबारविहीन भएका छन् । नगरका मेयर मार्गारिदा सालोमाओले यो घटनालाई आफ्नो पाँच वर्षे कार्यकालकै सबैभन्दा दुःखद क्षण भन्दै तीन दिन शोक मनाउने घोषणा गर्नुभएको छ ।

राज्यका गभर्नर रोमेउ जेमाले घटनालाई दुःखद दिन भन्दै प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउनुभएको छ  । अधिकारीहरूका अनुसार यसवर्ष फेब्रुअरी महिनामा जुइज दि फोरामा इतिहासकै सबैभन्दा ठूलो वर्षा मापन भएको छ ।

त्यहाँको राष्ट्रिय मौसम निकायले मिनास जेरेइस, रियो दि जेनेरोसहित १२ भन्दा बढी राज्यमा ठूलो वर्षाको चेतावनी जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १६ असोज । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक

काठमाडौँ, १६ असोज । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात रहेको छ । साल्ट ट्रेडिङ

काठमाडौँ, १६ असोज । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी