काठमाडौँ, १२ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी विवाह बन्धनमा बाँधिएका छन् ।
भारतको चण्डीगढमा भएको समारोहमा करण र चलचित्र पत्रकार बर्षा बस्नेत विवाह बन्धनमा बाँधिएका हुन् । वर्षाले ४ दिनअघि आफुहरु विवाह बन्धनमा बाँधिएको उल्लेख गरेकी छन् ।
लामो समयदेखि प्रेममा रहेका उनीहरुले गत पुसमा इन्गेजमेन्ट गरेका थिए ।





