मेक्सिकोमा हिंसा भड्किदा ६२ जनाको मृत्यु

एजेन्सी, १२ फागुन । मेक्सिकोमा सुरक्षा बलको अपरेसनमा कुख्यात ड्रग डन नेमेसियो ओसेगेरा सर्वान्तेस उर्फ ‘एल मेन्चो’ मारिएपछि मेक्सिकोका ३१ मध्ये २० राज्यमा हिंसा भड्किएको छ । 

एनबीसी न्युजका अनुसार धेरै स्थानमा सडकहरू अवरुद्ध गरिएका छन् । गाडी तथा २० भन्दा बढी सरकारी बैंकका शाखाहरूमा आगजनी गरिएको छ ।

जालिस्कोमा लकडाउनजस्तै अवस्था रहेको छ । यो सहर फिफा २०२६ का आयोजक सहरहरूमध्ये एक हो । विभिन्न सहरमा कम्तीमा ६२ जनाको मृत्यु भएको द न्युयोर्क टाइम्सले जनाएको छ, जसमा सुरक्षाकर्मी पनि छन् । अपरेसनका क्रममा हतियार रहेका गाडी र रकेट लन्चरसहितका हतियारहरू जफत गरिएको छ ।

इन्टरनेसनल क्राइसिस ग्रुपका मेक्सिको विश्लेषक डेभिड मोराका अनुसार, यो कारबाही शेनबाम सरकारको कार्टेलविरुद्धको कडा नीति र अमेरिकाको दबाब दुवै दृष्टिकोणबाट ‘टर्निङ पोइन्ट’ हो ।

यदि, ‘एल मेन्चो’का आफन्तहरूले कार्टेलको कमान्ड सम्हालेमा हिंसा अझै जारी रहन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार पूरै कार्यकाल चल्ने बताएका छन् । 

काठमाडौँ, १८ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय

काठमाडौँ, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति अँध्यारो सुरुङ तर्फ धकेलिएको र संविधान तथा

काठमाडौँ, १८ असोज । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवार घोषणा गरेका छन् ।  महर्जनले युवापुस्ताका लागि