अमिताभ बच्चनलाई पहिलो दक्षिण भारतीय अवार्ड

काठमाडौँ, ११ फागुन । केरलको कोच्चिमा आयोजित ७० औँ साउथ फिल्मफेयर अवार्ड्समा बलिउडका महानायक अमिताभ बच्चनले इतिहास रचेका छन् ।

फिल्म ‘कल्कि २८९८ एडी’ मा अश्वत्थामाको भूमिका निभाएका उनले तेलुगु विधामा उत्कृष्ट सहायक अभिनेता (पुरुष) को अवार्ड जितेका हुन् । 

दक्षिण भारतीय फिल्मका लागि उनले प्राप्त गरेको यो पहिलो फिल्मफेयर अवार्ड हो । सन् २०२४ जुन २७ मा प्रदर्शनमा आएको यस फिल्मले विश्वभर १ हजार करोडभन्दा बढीको व्यापार गरेर नयाँ रेकर्ड कायम गरेको थियो। यद्यपि, कोच्चिमा आयोजित भव्य समारोहमा अमिताभ स्वयं भने उपस्थित हुन सकेनन् ।

यस पटकको अवार्ड समारोहमा तेलुगु, तमिल, मलयालम र कन्नड फिल्म उद्योगका उत्कृष्ट कलाकार र चलचित्रहरूलाई सम्मान गरिएको छ। तेलुगु विधातर्फ ‘पुष्पा २’ को वर्चस्व रह्यो, जसले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेता (अल्लू अर्जुन) सहित पाँचवटा अवार्ड आफ्नो पोल्टामा पार्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष