पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसके, आत्मसमर्पण गर्दैनौँ : जेलेन्स्की

एजेन्सी, ११ फागुन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा कुनै पनि हालतमा नझुक्ने र युक्रेन विजयी भएरै छाड्ने दृढ सङ्कल्प दोहोर्‍याएका छन् ।

राजधानी कीभस्थित सरकारी मुख्यालयमा भएको बीबीसीसँगको कुराकानीमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेको युद्धविरामको सर्तलाई पूर्ण रूपमा अस्वीकार गरेका हुन् । 

पुटिनले हजारौँ सैनिकको बलिदान दिएर पनि कब्जा गर्न नसकेका रणनीतिक क्षेत्रहरूबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने माग राखेका थिए, जसलाई जेलेन्स्कीले आफ्नै जनता र भूमिलाई अलपत्र छाड्ने आत्मघाती कदमको रूपमा व्याख्या गरेका छन् । जेलेन्स्कीका अनुसार पुटिनले विश्वमा आफू अनुकूलको जीवनशैली थोपर्न खोज्दै तेस्रो विश्वयुद्धको सुरुवात गरिसकेका छन् । 

रुसले डोनेत्स्क, खेरसन र जापोरेजियाका महत्त्वपूर्ण सहरहरू बुझाउनुपर्ने माग राखे पनि जेलेन्स्कीले ती क्षेत्रहरू ‘किल्ला’ भएको र त्यहाँका लाखौँ जनतालाई रुसी क्रूरताको भरमा छाड्न नसकिने प्रस्ट पारेका छन् । युद्धविरामले पुटिनलाई केही समयका लागि सन्तुष्ट पारे पनि त्यो केवल सैन्य शक्ति पुनर्गठन गर्ने मौका मात्र हुने र दुई-तीन वर्षभित्रै रुसले पुनः अर्को भीषण आक्रमण गर्ने जेलेन्स्कीको दाबी छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी-रसुवा बाढीमा परी ज्यान गुमाउनुभएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा

काठमाडौँ, १६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा

बुटवल, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका

काठमाडौँ, १५ असोज । अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु र ११ जना सर्वसाधारण