काठमाडौँ, ५ फागुन । विश्व प्रसिद्ध चलचित्र ‘द गडफादर’ र ‘अपोक्यालिप्स नाउ’ का दिग्गज अभिनेता रोबर्ट डुभलको ९५ वर्षको उमेरमा निधन भएको छ ।
ओस्कार विजेता अभिनेता डुभलको आइतबार भर्जिनियास्थित मिडलबर्गमा रहेको आफ्नै घरमा निधन भएको उनकी पत्नी लुसियानाको तर्फबाट पीआर एजेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
लुसियानाले उनलाई एक महान् अभिनेता, निर्देशक र कथावाचकका साथै आफ्नो लागि सर्वस्व भएको भन्दै स्मरण गरेकी छिन्। डुभलको अभिनयप्रतिको लगाव र पात्रप्रतिको गहिरो प्रेमलाई सधैँ सम्झिइने उनले बताएकी छिन् ।





