ट्रम्पद्वारा गाजा पुनर्निर्माणका लागि पाँच अर्ब डलर दिने घोषणा

एजेन्सी, ४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धबाट ध्वस्त भएको गाजाको पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलर दिने घोषणा गरेका छन् ।

उनले यस क्षेत्रमा अन्तर्राष्ट्रिय बलका रूपमा हजारौँ सुरक्षाकर्मीहरू पठाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । ट्रम्पका अनुसार यी प्रतिबद्धताहरूको औपचारिक घोषणा बिहीबार वासिंगटनमा हुने शान्ति बोर्डको पहिलो बैठकबाट  गरिनेछ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत यी प्रतिबद्धताहरू सार्वजनिक गरेका हुन् । उनले भने, “शान्ति बोर्ड इतिहासकै सबैभन्दा प्रभावशाली अन्तर्राष्ट्रिय निकाय साबित हुनेछ । यसको अध्यक्षता गर्न पाउनु मेरा लागि सम्मानको कुरा हो ।”

यद्यपि, उनले पुनर्निर्माणका लागि कुन–कुन देशले रकम दिने वा सुरक्षा बलका लागि सैनिक पठाउने भन्नेबारे विस्तृत जानकारी दिएका छैनन् । तर, इन्डोनेसियाले आइतबार नै आफ्ना करिब आठ हजार सैनिक जुन अन्त्यसम्ममा गाजाको मानवीय तथा शान्ति मिसनका लागि तयार हुन सक्ने बताएका छन् ।

प्यालेस्टिनी क्षेत्रको पुनर्निर्माण निकै चुनौतीपूर्ण हुने देखिन्छ । संयुक्त राष्ट्र संघ, विश्व बैंक र युरोपेली संघको अनुमानअनुसार यस क्षेत्रको पुनर्निर्माणमा करिब ७० अर्ब अमेरिकी डलर खर्च हुनेछ । दुई वर्षभन्दा लामो समयदेखिको इजरायली बमबारीका कारण गाजा पट्टीका धेरै कम स्थान मात्र सुरक्षित छन् ।

युद्धविराम सम्झौतामा एक सशस्त्र अन्तर्राष्ट्रिय बलको व्यवस्था गरिएको छ, जसले सुरक्षा कायम राख्ने र उग्रवादी समूह हमासलाई निशस्त्रीकरण गर्नेछ । यो इजरायलको प्रमुख माग हो । हालसम्म निकै कम देशहरूले मात्र यस प्रस्तावित बलमा सहभागी हुने रुचि देखाएका छन् ।

गत १० अक्टोबरमा अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौता इजरायल र हमासबीचको दुई वर्ष लामो युद्ध रोक्ने प्रयास थियो । युद्धको तीव्रतामा केही कमी आए पनि इजरायली सेनाले पटक–पटक हवाई आक्रमण गरिरहेको छ । सैन्य नियन्त्रणमा रहेका क्षेत्रहरूनजिक प्यालेस्टिनीहरूमाथि गोलाबारी भइरहेको छ । वासिंगटनपोस्ट

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको