नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित

काठमाडौँ, ३ फागुन । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ ।

लगातार तीन जितपछि वेस्ट इन्डिज सुपर एटमा पुग्ने पहिलो टिम बन्दा लगातार तीन हार बेहोरेको नेपाल समूह चरणबाट बाहिरिने दोस्रो टोली बन्यो । नेपाल यसअघि इंग्ल्यान्ड र इटलीसँग पराजित भएको थियो ।

समूह सी मा वेस्ट इन्डिजले अपराजित रहँदै ६ अंक जोडेर शीर्ष स्थानमा छ । दुई जित र एक हारबाट इंग्लयाण्ड ४ अंकसहित दोस्रो स्थानमा छ । समान २ अंक जोडेका स्कटल्याण्ड र इटली क्रमश: तेस्रो र चौथो स्थानमा छ । अब वेष्ट इन्डिज र इंग्लयाण्डले इटलीसँग खेल्न बाँकी छ । यस्तोमा इटलीलाई हराएमा इंग्ल्याण्ड सुपर एटमा पुग्नेछ । इटलीका लागि भने सुपर एट पुग्न बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ ।

नेपाल लगातार तीन हारपछि यस समूहमा अंकविहिन छ । अब मंगलबार स्कटल्याण्ड विरुद्ध हुने अन्तिम खेलमा नेपालका लागि प्रतिष्ठाको लडाईँ मात्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

एजेन्सी, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार