ट्रम्पद्वारा जलवायुसम्बन्धी ओबामा–कालीन महत्त्वपूर्ण निर्णय खारेज

एजेन्सी, १ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओबामा प्रशासनको समयदेखि लागू रहेको जलवायु परिवर्तनसम्बन्धी महत्त्वपूर्ण वैज्ञानिक निर्णय उल्ट्याएका छन् ।

ट्रम्प प्रशासनले सन २००९ मा अमेरिकी पर्यावरण संरक्षण एजेन्सी (ईपीए)ले गरेको ‘इन्डेन्जरमेन्ट फाइन्डिङ’ अर्थात् हरितगृह ग्यास मानव स्वास्थ्यका लागि खतरनाक हुन भन्ने निष्कर्षलाई रद्द गर्ने घोषणा गरेको हो । 

यो निर्णय अमेरिकी संघीय सरकारले कार, उद्योग र ऊर्जा क्षेत्रमा कार्बन उत्सर्जन नियन्त्रण गर्न प्रयोग गर्दै आएको कानुनी आधार मानिन्थ्यो । ईपीएले सन् २००९ मा कार्बन डाइअक्साइड र मिथेनसहित छ प्रमुख हरितगृह ग्यासलाई मानव स्वास्थ्य र वातावरणका लागि खतरा ठहर गर्दै कडा नियमहरू लागू गर्ने बाटो खोलेको थियो ।

ह्वाइट हाउसले यसलाई अमेरिकी इतिहासकै सबैभन्दा ठुलो नियमन हटाउने कदम भन्दै यसबाट सवारीसाधन सस्तो हुने दाबी गरेको छ । ट्रम्प प्रशासनका अनुसार नयाँ नियमले अटो उद्योगको लागत घट्ने र गाडीको मूल्य औसतमा करिब २ हजार ४०० डलरसम्म कम हुन सक्ने बताइएको छ । तर वातावरणविद् र सार्वजनिक स्वास्थ्य समूहहरूले यो निर्णयलाई जलवायु नीतिमाथिको सबैभन्दा ठुलो आक्रमण भनेका छन् । यसले प्रदूषण बढाउन, स्वास्थ्य जोखिम बढाउन र जलवायु परिवर्तन नियन्त्रण प्रयास कमजोर बनाउन सक्ने उनीहरू भन्छन् । पूर्व राष्ट्रपति बाराक ओबामाले पनि यो कदमले अमेरिकी नागरिकलाई कम सुरक्षित र कम स्वस्थ बनाउने टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले हरेक नागरिकलाई आवासको सुनिश्चितता गर्ने उद्देश्यसहित नयाँ भवन ऐनको विधेयक संसद्‌मा दर्ता भएको

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत