आजबाट हलमा ‘श्री बुकुरो’, ‘बिगुल’ र ‘शिवांश’

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश : च्याप्टर १’ आजबाट प्रदर्शनमा आएका हुन् । 

‘श्री बुकुरो : द होम कलिङ’लाई सुदीप भुपाल सिंह, ‘बिगुल’लाई रमेश कोइराला र ‘शिवांश : च्याप्टर १’लाई सन्तोषकुमार आत्रेयले निर्देशन गरेका छन् । यी चलचित्र महाशिवरात्रिको छेको पारेर प्रदर्शनमा आएका हुन् । 

‘श्री बुकुरो : द होम कलिङ’मा मुख्य कलाकार आर्शीवाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, लय संग्रौला, मोहन निरौलालगायतको अभिनय छ ।  निर्देशक सिंह स्वयंको लेखन रहेको चलचित्रलाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् । यो चलचित्र पारिवारिक कथामा आधारित छ । 

पटकथा र संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठको छ । चन्दन दत्त र परिच्छेद सेनको सम्पादन तथा सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन छ । 

‘बिगुल’मा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर वाङदेल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रवीन्द्र खड्कालगायतको अभिनय छ । यो चलचित्रमा देशको वर्तमान राजनैतिक अवस्था र नेपालीको जनभावना समेटिएको छ । चलचित्रमा शिव ढकालको छायांकन र तारा थापा किम्भेको सम्पादन छ । 

शिवको भेषमा बसेर गरिने आपराधिक क्रियाकलाप समेटिएको चलचित्र ‘शिवांश : च्याप्टर १’मा प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू, रुषा न्यौपाने, विकास जोशी, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय छ ।

चलचित्रको कथा अञ्जान केसीले लेखेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ । अञ्जान केसी निर्माता चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् ।

सरद महतोको डीओपी रहेको चलचित्रमा बनिश शाहको सम्पादन छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्