रुसमा म्यासेजिङ एपमाथि कडाइ

एजेन्सी, २९ माघ । रुसले देशभित्र ह्वाट्सएपलाई पूर्ण रूपमा रोक्ने प्रयास गरेको कम्पनीले जनाएको छ ।

क्रेमलिनले म्यासेजिङ एपहरूमाथि लगातार प्रतिबन्ध कडा बनाइरहेको छ । मेटा कम्पनीको स्वामित्वमा रहेको ह्वाट्सएपले यो कदमको उद्देश्य रुसमा रहेका १० करोडभन्दा बढी प्रयोगकर्तालाई सरकारी निगरानी एपतर्फ धकेल्नु रहेको बताएको छ ।

रुसी नियामकहरूले टेलिग्राममा पहुँच थप कडाइ गरेको घटनापछि यो कदम आएको हो । टेलिग्राममा सुरक्षा व्यवस्था कमजोर भएको भन्दै यसको पहुँच सीमित गरिएको छ । रुसमा टेलिग्रामका प्रयोगकर्ताको संख्या ह्वाट्सएपजत्तिकै रहेको अनुमान गरिएको छ ।

क्रेमलिनले यस विषयमा टिप्पणी गर्न बीबीसीले आग्रह गर्दा कुनै प्रतिक्रिया दिएन । ह्वाट्सएपले एक विज्ञप्तिमा भनेको छ, “१० करोडभन्दा बढी प्रयोगकर्तालाई निजी तथा सुरक्षित सञ्चारबाट अलग गर्ने प्रयास पछाडि फर्कने कदम हो । र, यसले रुसका नागरिकहरूको सुरक्षालाई झन् कमजोर बनाउँछ ।”

“हामी प्रयोगकर्तालाई जोडिराख्न सबै सम्भव प्रयास जारी राख्छौँ,” ह्वाट्सएपले थप बताएको छ । 

रुसको सञ्चार नियामक रोसकोम्नाद्जोरले ह्वाट्सएपलाई स्थानीय कानुन पालना गर्न पटक–पटक चेतावनी दिइसकेको छ । राष्ट्रिय समाचार एजेन्सी तासले यस वर्षको सुरुमा सन् २०२६ देखि ह्वाट्सएपलाई रुसमा स्थायी रूपमा प्रतिबन्ध लगाइने रिपोर्ट गरेको थियो ।

सन् २०२२ मा मेटालाई आतंककारी संगठन घोषणा गरेयता इन्स्टाग्राम र फेसबुकजस्ता मेटाका एपहरू रुसमा प्रतिबन्धित छन् र केवल भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) मार्फत मात्र पहुँच गर्न सकिन्छ ।

मस्कोले रुसी नागरिकहरूलाई सरकारी रूपमा विकास गरिएको सञ्चार प्लेटफर्म ‘म्याक्स’तर्फ धकेल्ने व्यापक प्रयास गरेको छ । यो एपलाई चीनको वीच्याटसँग तुलना गरिएको छ, जुन एक प्रकारको सुपर एप हो जसले म्यासेजिङ र सरकारी सेवाहरू संयोजन गर्छ, तर यसमा इन्क्रिप्सन भने हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको