बंगलादेशमा आज ऐतिहासिक संसदीय चुनाव हुँदै

एजेन्सी, २९ माघ । बंगलादेशमा आज ऐतिहासिक संसदीय चुनाव हुँदैछ ।

झन्डै साढे १७ करोड जनसंख्या भएको बंगलादेशमा लोकतन्त्र पुनर्स्थापनापछि हुन लागेको यो पहिलो आमचुनावलाई देशको राजनीतिक स्थायित्वका लागि निर्णायक मानिएको छ ।

मतदान बिहान साढे ७ बजे शुरू हुँदैछ । मतगणना आजै बेलुकादेखि शुरू हुनेछ । प्रारम्भिक नतिजा मध्यराततिर आउन सक्ने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । अन्तिम नतिजा भोलि बिहानसम्म आईसक्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।

यस पटकको चुनावमा ३ सय सिटका लागि २ हजारभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमा झन्डै ५० राजनीतिक दल सहभागी छन् । एक निर्वाचन क्षेत्रमा उम्मेदवारको निधनका कारण मतदान स्थगित गरिएको छ । झन्डै १२ करोड ८० लाख मतदाता दर्ता भएका छन् । जसमध्ये ४९ प्रतिशत महिला भए पनि उम्मेदवारमध्ये केवल ८३ जना मात्र महिला छन् ।

मुख्य प्रतिस्पर्धा पूर्व सहकर्मी दलहरू बंगलादेश नेशनलिस्ट पार्टी र इस्लामवादी जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनबीच हुँदैछ । पूर्व प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टी प्रतिबन्धित छ ।

यसले बंगलादेशको क्षेत्रीय कूटनीतिमा परिवर्तन ल्याउने विश्लेषण गरिएको छ, विशेषगरी भारतसँगको सम्बन्ध कमजोर बन्दै जाँदा चीनको प्रभाव बढ्न सक्ने आंकलन गरिएको छ । चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गराउन १ लाखभन्दा बढी सेना र झन्डै २ लाख प्रहरी परिचालन गरिएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले हरेक नागरिकलाई आवासको सुनिश्चितता गर्ने उद्देश्यसहित नयाँ भवन ऐनको विधेयक संसद्‌मा दर्ता भएको

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत