टी–२० वरीयतामा दीपेन्द्र, सन्दीप, रोहित र कुशलको सुधार

काठमाडौँ, २८ माघ । आईसीसी टी–२० ब्याटिङ र बलिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सुधार गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा २६ वर्षीय ऐरी ब्याटिङमा ४ स्थान सुधार गर्दै ७२औँ र बलिङमा ५ स्थान सुधार गर्दै ७१औँ स्थानमा उक्लिएका हुन् ।

टी–२० बलिङ वरीयतामा सन्दीप लामिछाने १० स्थान सुधार गर्दै ७४औँ स्थानमा उक्लिएका छन् । टी–२० ब्याटिङ वरीयतामा नेपालका कप्तान रोहित पौडेल ३ स्थान सुधार गर्दै ७५औँ र कुशल भुर्तेल ४ स्थान सुधार गर्दै ७७औँ स्थानमा उक्लिएका छन् ।

टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी छैटौँ स्थानमा यथावत् छन् । यो वरीयतामा कुशल भुर्तेल २ स्थान सुधार गर्दै २३औँ र रोहित पौडेल १ स्थान सुधार गर्दै ४२औँ स्थानमा उक्लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

एजेन्सी, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार