क्यानडाको एक विद्यालयमा गोली चल्दा ९ जनाको मृत्यु, २५ जना घाइते

एजेन्सी, २८ माघ । क्यानडाको एक विद्यालयमा गोली चल्दा कम्तिमा ९ जनाको ज्यान गएको छ ।

उत्तर–पूर्वी ब्रिटिश कोलम्बियाको टम्बलर रिज माध्यमिक विद्यालयमा अन्धाधुन्द गोली चल्दा ९ जनाको ज्यान गएको र कम्तिमा २५ जना घाइते भएका रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी)लाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

गोली चलाउने व्यक्तिको पनि ज्यान गएको प्रहरीको प्रारम्भिक अनुमान छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले टम्बलर रिजमा भएको घटनाबाट आफू स्तब्ध भएको बताउनुभएको छ । ब्रिटिश कोलम्बियाका सार्वजनिक सुरक्षा मन्त्री नीना क्रिगरले आफ्नो फेसबुक पेजमा यो घटनाले समुदाय र सम्पूर्ण प्रान्तलाई स्तब्ध पारेको उल्लेख गर्नुभएको छ ।

अन्धाधुन्द गोली चलेको घटनाको अनुसन्धान गर्न आवश्यक सम्पूर्ण स्रोतसाधन परिचालन गरिरहेको मन्त्री क्रिगरले बताएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको