७ लाख मूल्य बराबरको गहना चोरी

काठमाडौँ, २७ माघ । काठमाडौँ महानगरपालिका-१६ बालाजु हाइटस्थित सृजनसिल चोकमा एक डेरा गरी बस्ने व्यक्तिको कोठाबाट लाखौँको धनमाल चोरी भएको छ ।

रुकुम मुसिकोट नगरपालिका-२ घर भई हाल बालाजु बस्ने २५ वर्षीया बिमला बिक नेपालीको कोठाबाट सुनका गरगहना चोरी भएको हो ।

प्रहरीका अनुसार सोमबार दिउँसो कोठामा कोही नभएको मौका छोपी करिब ७ लाख ४ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना चोरी भएको हो। चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौँले फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ माघ । गुठी संस्थानले महाशिवरात्रि पर्वको तयारी पूरा गरेको छ । आज संस्थानले पत्रकार सम्मेलन गरी फागुन १ गतेदेखि

काठमाडौँ, २७ माघ । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ, २७ माघ । बजारमा केराको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले आज

काठमाडौँ, २७ माघ । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । रामेछाप प्रहरीका अनुसार मृतकको