निर्वाचनसम्बन्धी टिकटक भिडियो प्रतियोगिता, तीन जनालाई पुरस्कार

काठमाडौँ, २७ माघ । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ ।

निर्वाचन प्रचारप्रसार एवं मतदाता शिक्षाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई नगद पुस्कार प्रदान गरिनेछ । पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । भ्युजका आधारमा पुरस्कार प्रदान गरिने आयोगले जनाएको छ ।

भिडियोमा निर्वाचन प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षा जस्ता विषय समावेश हुनुपर्नेछ । एक मिनेटसम्मको भिडियो बनाएर टिकटकका साथै युट्युब र फेसबुकमा पनि राख्नुपर्नेछ । त्यही लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र आयोगको इमेल [email protected] मा पठाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ माघ । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ, २७ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल भ्रमणमा आएको कतारी प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.

काठमाडौँ, २७ माघ । काठमाडौँ महानगरपालिका-१६ बालाजु हाइटस्थित सृजनसिल चोकमा एक डेरा गरी बस्ने व्यक्तिको कोठाबाट लाखौँको धनमाल चोरी भएको

काठमाडौँ, २७ माघ । अर्थमन्त्री रामेश्वर खनालले चाहेर पनि यसबीचमा पूँजीगत खर्च बढाउनेतर्फ ध्यान दिन नपाएको बताएका छन् । आज