कांग्रेस महासमितिको बन्दसत्र : कार्यसमितिले पारित गरेको प्रतिवेदनमाथि छलफल

काठमाडौँ, १ पौष । शनिवारदेखि सुरु भएको कांग्रेस महासमिति बैठकको बन्द सत्र शुरु भएसँगै केन्द्रीय कार्यसमितिले पारित गरेको प्रतिवेदनमाथि छलफल शुरु भएको छ ।

पार्टीको रणनीति, संशोधित विधान लगायतका विषयमा छलफल गर्न तीन दिनसम्म उक्त बन्दसत्र चल्नेछ । बन्द सत्रले विधानको विषयमा महासमितिले आधार तय गर्ने बताइएको छ ।

उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा. शशांक कोइरालाले साङ्गठनिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्