टेलिकमको प्रिपेड मोबाइल नम्बर अनलाइनबाटै नामसारी गर्न सकिने

काठमाडौँ, २६ माघ । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले आफ्नो विवरण अनलाइनबाटै अध्यावधिक गर्न सक्ने सेवा सुरु गरेको छ ।

गएको पुस २२ गते दूरसञ्चार कार्यालय सुन्धाराबाट यसको परीक्षण सुरु गरिएको थियो । कम्पनीको २२औँ वार्षिकोत्सवका अवसरमा यही माघ २२ गतेदेखि देशभरका सबै कार्यालयबाट यो सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

आफ्नो नाम वा अरू विवरण सच्याउनुपर्ने अवस्थाका ग्राहकले कस्टमर लगइन पोर्टलमार्फत सेवा लिन सक्नेछन् । यसनिम्ति सम्बन्धित मोबाइल नम्बरमा प्राप्त ओटीपी राखेर त्यसैअनुसार व्यक्तिगत र अरू विवरणसहित आफूले धेरै कल गर्ने पाँच मोबाइल नम्बर समेत समावेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

सबै विवरण भरिसकेपश्चात् प्रमाणीकरणका निम्ति नेपाल टेलिकमको कुनै कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्छ । त्यस आधारमा टेलिकमको सिस्टमले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ ।

टेलिकमका अनुसार, अझै धेरै ग्राहकको व्यक्तिगत विवरण अद्यावधिक छैन । यस्तो अवस्थामा यसबाट धेरै ग्राहकलाई विवरण अद्यावधिक गर्न सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले