‘आबाट आमा’को घरेलु बक्सअफिसमा सन्तोषजनक कमाइ

काठमाडौँ, २० माघ । पल शाह स्टारर फिल्म ‘आबाट आमा’ ले घरेलु बक्सअफिसमा सन्तोषजनक कमाइ गरिरहेको देखिएको छ ।

फिल्म हेरिसकेपछि दर्शकले यसलाई सकारात्मक प्रतिक्रिया पनि दिइरहेको देखिएको छ । चन्द्र पन्त निर्देशित यो सोसल ड्रामा फिल्म पारिवारिक कथावस्तुमा आधारित छ । खासगरि, छोरा र अभिभावकबीचको मर्मस्पर्शी सम्बन्धको कथा, युवा किन विदेशिन बाध्य हुन्छ र त्रिकोणात्मक प्रेमकथामा फिल्म आधारित छ ।

वर्तमान नेपाली समाजको कथा पेश गर्ने यो फिल्ममा पलसहित प्रदीप रावत र विपना थापाको शीर्ष भूमिका छ ।

फिल्मले आज दिउँसो १ बजेसम्म चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपाः बक्सअफिसमा १ करोड ८० लाख नेरु ग्रस कमाएको छ । यो फिल्म १६ माघ अर्थात गत शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्