काठमाडौं महानगरपालिका सांस्कृतिक तथा पुरातात्विक धरोहर : उपप्रम पोखरेल

काठमाडौँ, २९ मङ्सिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले काठमाडौं महानगरपालिका सांस्कृति, पुरातात्विक धरोहर भएको बताउनुभएको छ ।

काठमाडौं महानगरपालिकाको २४ औं स्थापना दिवसको अवसरमा बोल्दै पोखरेलले काठमाडौं महानगरपालिका तथा देशका अन्य जुनसुकै ठाउँमा रहेका सांस्कृतिक धरोहरहरु आर्थिक तथा सामाजिक विकासको महत्वपूर्ण पक्ष रहेको बताउनुभयो । उहाँले देशमा रहेका सवै धरोहरहरुलाई जगेर्ना गर्नु अहिलेको अपरिहार्यता रहेको बताउनुभयो ।

देशलाई विकसित गर्न विभिन्न प्रकारका सास्कृतिक, पर्यटकिय स्थलहरुले देशको आर्थिक वृद्धिदरलाई उच्च बनाउन सफल हुने दावि समेत गनुृभयो । उहाँले अवको सरकारको लक्ष्य भनेको नै विकास भएकाले तीन तहको सरकार एकढिक्का भई लाग्ुनको कुनै विकल्प नभएको बताउनुभयो ।

उहाँले देशमा रहेका विभिन्न प्रकारका सास्कृतिक धरोहरहरु निर्माण गर्न स्थानीय सरकारले सम्भव नभएमा संघिय सरकारले गर्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी मुलुकको पुनर्संरचना गरेर तीन तहको सरकार बनाएका छौँ । त्यसकारण हामी यसको तोकिएको जिम्मेवारी अनुसार अगाडि बढ्नुपर्छ, स्थानीय तहलाई केन्द्र र प्रदेशले नीतिमा, कार्ययोजनामा सहयोग गर्छ तर आफूले गर्ने कुरामा आफैंले गर्नुपर्छ।’

त्यस्तै उहाँले अहिले बिग्रेभत्केका सबै काममा महानगरलाई दोष लगाउने काम भइरहेको बताउँदै महानगरले गर्दा मात्रै समस्या नभएको बताउनभुयो । सवै काम महानगरले मात्र गर्न नसक्ने भन्दै उहाँले ती कामहरु केही संघले र केही प्रदेशले गर्नुपर्नेसमेत बताउनुभयो ।

उहाँले आगामी संसदको हिउँदे अधिवेशनमा कानुन बनाएर वित्तीय मामिलामा देखिएका अहिलेको अलमललाई समाधान गर्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा बढुवा भएका छन् । आज बढुवा भएका खत्रीलाई प्रधानसेनापति

 काठमाडौँ, ११ कार्तिक । नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको

काठमाडौँ, ११ कार्तिक । अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । नेपाल नागरिकता

हुम्ला, ११ कार्तिक । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका