अमेरिकाको क्यालिफोर्नियामा ३० हजारभन्दा धेरै स्वास्थ्यकर्मी हडतालमा

एजेन्सी, १४ माघ । अमेरिकाको क्यालिफोर्निया राज्यमा काइजर पर्मानेन्टे नामक स्वास्थ्य सेवा संस्थामा कार्यरत ३० हजारभन्दा धेरै स्वास्थ्यकर्मीले हडताल गरेका छन् ।

यो हडताल अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामुखी स्वास्थ्य सेवा प्रणालीमा देखिएको पछिल्लो श्रमिक आन्दोलन भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

क्यालिफोर्निया संयुक्त नर्स सङ्घ तथा स्वास्थ्य सेवा पेशाकर्मी सङ्घअन्तर्गत रहेका झन्डै ३१ हजार कर्मचारी हडतालमा सहभागी छन् । हडतालमा दर्ता प्राप्त नर्स, एनेस्थेसिया विशेषज्ञ, औषधि विज्ञ, पोषण विज्ञ तथा अन्य विशेषज्ञ स्वास्थ्यकर्मी सहभागी छन् । उत्तरी क्यालिफोर्नियाका रोजभिल, सान्ता क्लारा र ओकल्यान्डमा रहेका प्रमुख अस्पतालहरूमा प्रदर्शन भइरहेको छ । ओकल्यान्डमै काइजर पर्मानेन्टेको केन्द्रीय कार्यालय रहेको छ । उनीहरुले उत्तरी र दक्षिणी क्यालिफोर्नियाका अन्य क्षेत्रमा पनि आन्दोलन विस्तार गर्ने चेतावनी दिएका छन् ।

लामो समयदेखि श्रम सम्झौतासम्बन्धी वार्ता रोकिएपछि हडताल शुरु भएको हो । यसअघि मार्च महिनामा पाँच दिनसम्म चलेको हडतालमा पश्चिमी अमेरिकाका विभिन्न राज्यका ४० हजारभन्दा बढी कर्मचारी सहभागी भएका थिए । श्रमिक सम्झौता मार्च ३० तारिखमा समाप्त भएको थियो भने वार्ता सात महिनाभन्दा बढी समयदेखि जारी छ ।

युनियन नेताहरूका अनुसार तलब वृद्धि, दीर्घकालीन कर्मचारी अभाव, कार्यस्थलको सुरक्षा र बढ्दो थकानजस्ता विषयमा सहमति नजुटेकाले हडतालको निर्णय गरिएको हो । युनियनले चार वर्षमा कुल २५ प्रतिशत तलब वृद्धि माग गरेको छ भने काइजर पर्मानेन्टेले २१.५ प्रतिशत तलब वृद्धि प्रस्ताव गरेको छ, जसलाई संस्थाले अहिलेसम्मकै सबैभन्दा बलियो प्रस्ताव भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र साहले संयुक्त राष्ट्र सङ्घको ८१ औँ महासभालाई सम्बोधन गर्दै नेपालजस्ता मुलुकले भोग्नुपरेको

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको