भारतमा पनि बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

एजेन्सी, १४ माघ । भारतका गोवा र आन्ध्र प्रदेश राज्यले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउनेबारे अध्ययन भइरहेको बताइएको छ ।

गोवाका सूचना प्रविधि मन्त्री रोहन खाँटेले राज्य सरकारले अष्ट्रेलियाको कानुन अध्ययन गरिरहेको बताएका छन् ।  उनले सम्भव भएमा १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइने जानकारी दिएका छन् ।

त्यस्तै, आन्ध्र प्रदेशका आईटी मन्त्री नारा लोकेशले पनि बालबालिकाको सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने योजना बनाइँदै गरेको बताएका छन् । उनका अनुसार सानो उमेरका बालबालिकाले सामाजिक सञ्जालमा देखाइने सामग्री राम्रोसँग बुझ्न नसक्ने भएकाले कडा कानुनी व्यवस्था आवश्यक छ ।

यसैबिच, अष्ट्रेलियापछि फ्रान्सले पनि सामाजिक सञ्जाल प्रतिबन्धसम्बन्धी विधेयक पारित गरिसकेको छ । इन्डोनेसिया र मलेसियाजस्ता देशहरू पनि यस्तै कानुन बनाउने तयारीमा छन् । भारतमा यसअघि मद्रास उच्च अदालतले केन्द्र सरकारलाई बालबालिकाको सामाजिक सञ्जाल प्रयोगबारे कडा कानुन बनाउने सम्भावना खोज्न सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको