‘किङ’ को टिजर र रिलिज डेट सार्वजनिक

काठमाडौँ, १२ माघ । फिल्म ‘किङ’ को रिलिज मिति र टिजर सार्वजनिक भएको छ ।

बलिउड अभिनेता शाहरुख खानको बहुप्रतिक्षित मल्टिस्टारर यो फिल्म सन् २०२६ को डिसेम्बर २४ मा सिनेमा हलमा रिलिज हुने भएको हो । निर्माण पक्षले रिलिज मितिसँगै फिल्मको दमदार टिजर पनि बाहिर ल्याएको छ ।

शाहरुख खानले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत टिजर सेयर गर्दै क्याप्सनमा लेखेका छन्, ‘किङ २४.१२.२०२६ मा सिनेमा हलमा गर्जिनका लागि तयार छ ।’ ४५ सेकेन्ड लामो टिजरमा शाहरुखको फस्ट लुक निकै आक्रामक देखिएको छ ।

टिजरमा फिल्मको भव्यता र शाहरुखको नयाँ बोल्ड अवतार देख्न सकिन्छ । रेड चिलीज इन्टरटेनमेन्ट र मार्फ्लिक्स पिक्चर्सको ब्यानरमा निर्माण भइरहेको यो फिल्ममा शाहरुख खानका अलावा सुहाना खान, रानी मुखर्जी र दीपिका पादुकोणको पनि अभिनय रहनेछ । फिल्ममा अभिषेक बच्चन भिलेनको भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष