महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले आज जिम्बावेसँग खेल्दै

काठमाडौँ, १० माघ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो तेश्रो खेलमा नेपालले आज जिम्बावेसँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो १ बजे शुरु हुनेछ ।

नेपालले यसअघिका दुई खेलमा पराजित भएको थियो । नेपाल अङ्कविहिन हुँदै समूह ‘बी’ मा चौथो स्थानमा छ । शुरुआती दुई खेलमा हार बेहोरेपछि नेपाली महिला क्रिकेट टोलीलाई अब अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै राख्न बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यस्तै जिम्बावेले पनि अहिलेसम्म खेलेका ३ खेलमा जीतविहिन हुँदै अङ्क तालिकाको पुछारमा छ ।

आज बिहान ९ बजे त्रिवि क्रिकेट रङ्गशालामा थाइल्यान्ड र स्कटल्यान्डबीच हुने खेलको नतिजामा थाइल्यान्डले स्कटल्यान्डलाई हराएको अवस्थामा थाइल्यान्ड पनि अगाडि बढ्नेछ । यस्तो अवस्थामा नेपालले जिम्बाबेलाई हराएर स्कटल्यान्डलाई जुनसुकै अन्तरले हराए पुग्नेछ ।

यदि स्कटल्यान्डले थाइल्यान्डलाई हराएको अवस्थामा नेपालसँग खेल्नुअघि नै जिम्बाबे बाहिरिनेछ । त्यसपछि नेपालले जिम्बाबे र स्कटल्यान्ड दुवैलाई हराउनुपर्नेछ भने नेटरनरेटमा स्कटल्यान्डलाई उछिन्नुपर्नेछ ।

१० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो