काठमाडौँ, ५ माघ । अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘एक्लो’ ले दोस्रो साता एकदमै न्यून व्यापार गरेको छ ।
पहिलो साता ४३ लाख २५ हजार ४ सय ९८ ग्रस कमाई गर्न सफल भएको फिल्मले दोस्रो साता ३ लाख हाराहारीको व्यवसाय गरेको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको फिल्मको गत शनिबार सम्मको बक्स अफिस रिपोर्टमा फिल्मले अहिलेसम्म ४६ लाख ९५ हजार १८३ ग्रस कमाई रहेको छ । यो अवधिमा फिल्मको टिकट भने १४ हजार २ सय ५५ वटा मात्र बिक्री भएको छ ।





