एजेन्सी, ५ माघ । उत्तरी चीनको एक कारखानामा भएको शक्तिशाली विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार सो विस्फोटमा परी ८४ जना घाइते भएका छन् भने पाँचजना बेपत्ता छन् ।
घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
विस्फोट आइतबार स्थानीय समय अनुसार दिउँसो करिब ३ बजे इनर मंगोलियास्थित ‘बाओगाङ युनाइटेड स्टिल प्लान्ट’ मा भएको हो । शक्तिशाली विस्फोट हुँदा वरपरको क्षेत्रमा ठूलो धक्का महसुस गरिएको थियो ।
विस्फोटपछि आकाशमा धुवाँको ठूलो मुस्लो र जमिनमा जताततै भग्नावशेष छरिएको भिडियोमा देखिएको छ । भवनका छाना र पाइपका टुक्राहरू पनि छरिएका छन् ।







