काठमाडौँ, ५ माघ । भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक बनाएका छन् । न्युजिल्यान्डविरुद्धको एकदिवसीय खेलमा आइतबार कोहलीले ५४ एकदिवसीय शतक प्रहार गरेका हुन् ।
कोहलीले ऐतिहासिक शतक प्रहार गरेको खेलमा भारतमाथि न्युजिल्यान्डले भने नयाँ इतिहास बनाउँदै सिरिज उचाल्यो । तीन खेलको सिरिज न्युजिल्यान्डले २-१ ले जितेको हो । अन्तिम खेलमा न्युजिल्यान्डले भारतमाथि ४१ रनको जित निकालेको हो ।
सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले दिएको ३३८ रनको लक्ष्य पछ्याएको भारतले ४६ ओभरमा अलआउट हुँदा मात्र २९६ रन बनाउन सक्यो ।





