कांग्रेसको आधिकारिकताबारे आयाेगले विधि र पद्धतिअनुसार निर्णय गर्छ : निर्वाचन आयोग

काठमाडौँ, २ माघ । प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकताबारे निर्वाचन आयोगले विधि र परम्पराअनुसार निर्णय गर्ने बताएका छन् ।

निर्वाचन आयोगमा आफ्नो आधिकारिकता दाबीका लागि पुगेका कांग्रेस नेताहरूसँगको कुराकानीमा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले राजनीतिक दलसम्बन्धी विषयमा आयोगको आफ्नो परम्परा, विधि, संविधान, ऐन र कानून रहेकाले त्यसैअनुसार निर्णय हुने बताएका हुन्  ।

उनले भने, ‘आयोगको संस्थागत परम्परा जुन छ त्यसैलाई टेकेर कांग्रेसको आधिकारिकता तय हुन्छ ।’

आयुक्त भण्डारीले निर्वाचन आयोगले चुनाव सम्पन्न गर्ने प्रयोजनका लागि आवश्यक कार्यक्रम सकेर चुनाव सम्पन्न गराउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । सिन्धुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुलीको सिन्धुलीको कमलामाई नगरपालिका–४

काठमाडौँ, २० फागुन । नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ । नेपाल एयरलाइन्सले आज

काठमाडौँ, २० फागुन । गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोली निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको छ । गृह

काठमाडौँ, २० फागुन । बजारमा स्ट्रबेरीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज स्ट्रबेरीको