आधिकारिकता दाबी गर्दै देउवा पक्षले निर्वाचन आयोगमा बुझायो कागजात

काठमाडौँ, २ माघ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आफूहरु नै आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको छ ।

आज कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोली आयोग पुगेर कागजात बुझाएको हो । गगन थापा पक्षले गत पुस २७ गतेदेखि माघ १ गतेसम्म विशेष महाधिवेशन गरेर थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकता विवाद छ । देउवा र थापा पक्ष दुवैले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् । आयोगले ती निवेदनमाथि अध्ययन गरिरहेको जनाएको छ ।

यही सन्दर्भमा कार्यवाहक सभापति खड्का, नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइराला, रमेश लेखक, डा. मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता कोइराला लगायतका नेताहरु आज निर्वाचन आयोग पुगेका थिए ।

आधिकारिकता दाबी गर्दै कागजपत्र बुझाउनुअघि कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनलाई लोकतन्त्रमाथि षडयन्त्रको संकेतको रुपमा अर्थ्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । सिन्धुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुलीको सिन्धुलीको कमलामाई नगरपालिका–४

काठमाडौँ, २० फागुन । नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ । नेपाल एयरलाइन्सले आज

काठमाडौँ, २० फागुन । गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोली निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको छ । गृह

काठमाडौँ, २० फागुन । बजारमा स्ट्रबेरीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज स्ट्रबेरीको