मचाडोले ट्रम्पलाई दिइन् आफ्नो नोबेल पुरस्कार

एजेन्सी, २ माघ । भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोले बिहीबार आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रतीकात्मक रूपमा आफ्नो नोबेल शान्ति पुरस्कार अर्पण गरेको बताएकी छन् ।

मचाडो र ट्रम्पबीच ह्वाइट हाउसमा भेट भएको थियो । वासिङ्टनमा पत्रकारहरूसँग मचाडोले उक्त पदक राष्ट्रपति ट्रम्पलाई हस्तान्तरण गरेको जानकारी दिइन् । तर, ट्रम्पले त्यसलाई स्वीकार गरे वा गरेनन् भन्नेबारे उनले केही खुलाइनन् । रोयटर्सका अनुसार, माछाडोले यस विषयमा थप प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेकी छन् ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार, विपक्षी नेत्री मचाडोले बिहीबारको भेटका क्रममा राष्ट्रपति ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कार हस्तान्तरण गरेको उक्त पुरस्कार ट्रम्पले आफूसँगै राखेका सीएनएनले जनाएको छ ।

मचाडो बिहीबार राष्ट्रपति ट्रम्पसँग कुराकानीका लागि ह्वाइट हाउस पुगेकी थिइन् । यी दुई नेताहरूबीचको यो उच्चस्तरीय भेटघाटलाई दुर्लभ मानिएको छ । सेतो सुटमा सजिएकी मचाडो एसयूभी गाडीमा ह्वाइट हाउस पुगेकी थिइन् ।

कडा सुरक्षा व्यवस्थाबीच उनलाई ह्वाइट हाउसभित्र लगिएको थियो । समाचार एजेन्सी ‘फ्रान्स प्रेस’का फोटोग्राफरले यसको जानकारी दिएका हुन् । अधिकारीहरूका अनुसार, यो भेट बन्द कोठाभित्र दिउँसोको खाजाको समयमा हुने तय भएको थियो ।

यसअघि ट्रम्पले पनि सार्वजनिक रूपमा नोबेल शान्ति पुरस्कार पाउने इच्छा व्यक्त गरिसकेका छन् । यद्यपि, नोबेल समितिले भने यो पुरस्कार अरू कसैलाई हस्तान्तरण गर्न नमिल्ने स्पष्ट पारेको छ । सीएनएन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत