‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ चैत १९ बाट

काठमाडौँ, २ माघ । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को नवौं संस्करण चैत १९ देखि २३ गतेसम्म हुने भएको छ ।

महोत्सवमा दर्शकले पाँच दिनमा ४० देशका ८८ चलचित्र हेर्न पाउनेछन् । ‘विश्वभरका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारालाई निरन्तरता दिँदै आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले यस संस्करणमा युवा पुस्ताको रुचिलाई केन्द्रमा राखेर चलचित्र चयन गरिएको  जनाएको छ ।

“हामीले यो पटक युवापुस्ता केन्द्रित चलचित्रलाई प्राथमिकता दिएका छौँ । निफलाई युवामैत्री बनाउने हाम्रो प्रयास रहेको छ,”  निफका अध्यक्ष केपी पाठक भन्छन्, “युवा मेकरहरुलाई प्रत्सोहन गर्न हामीले एआई चलचित्र मेकिङको कार्यशालालगायत सेसन पनि राखेका छौँ ।” 

यो वर्ष ८० बढी देशबाट ८०० बढी चलचित्रले महोत्सवमा सहभागी हुन आवेदन दिएको पाठकले बताए । विश्व प्रतिष्ठित कान्स, बर्लिन, भेनिस, ट्राइबेका, संघाई, लोकार्नो, बुसान, गोवालगायत चलचित्र महोत्सवमा सहभागी भएका र अवार्ड जितेका फिचर फिल्म, सर्टफिल्म, एआईबाट बनेका चलचित्र र डकुमेन्ट्री गरी ४० देशका ८८ वटा चलचित्र निफले छनोट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित