सुशान्त केसीद्वारा ‘अस्ट्रेलिया टूर’ को घोषणा

काठमाडौँ, १ माघ । गायक सुशान्त केसीले अस्ट्रेलिया टूर २०२६ को घोषणा गरेका छन् ।

यो टूर फेब्रुअरीदेखि मार्चको पहिलो सातासम्म चल्ने उनले जानकारी दिएका छन् । २१ फेब्रुअरीमा पर्थदेखि सुरु हुने उनको टूर ६ मार्चमा सिड्नी पुगेर टुंगिनेछ । २४ फेब्रुअरीमा ब्रिसबेन, २६ फेब्रुअरीमा एडिलेड, २ मार्चमा मेलबर्नमा हुने केसीले जनाएका छन् ।

यसअघि उनले सन् २०२२ मा ‘ड्रीम फेस्ट टूर’ अन्तर्गत अस्ट्रेलियामा प्रस्तुति दिएका थिए । २ वर्षपछि उनी अस्ट्रेलियाको नेपाली डायस्पोरामा गुञ्जिन लागेका हुन् ।

‘अन्ततः सुशान्त केसी घर फर्किदैंछन् । यो होमकमिङ भावको टूर हुनेछ’ उनले इन्स्टाग्राममा पोस्ट गरेको जानकारीमा उल्लेख छ, ‘पाँच सहर, एक आवाज, लाखौं भावना । यो टूर मात्र होइन, यो घर फिर्ती हो ।’

सुशान्तको यो कन्सर्टको लागि टीआरएन इभेन्ट्सले टिकट पनि विक्री थालेको छ । ‘मेरो अस्ट्रेलियाको यात्राले पूर्णता पाउँदैछ’ टूरको तयारीबारेको भिडियो सेयर गर्दै सुशान्तले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्