आजबाट तीनवटा फिल्म हलमा

काठमाडौँ, १ माघ । माघे संक्रान्तिको बिदाको अवसर पारेर आजबाट तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘भाईरल गोर्खे’, ‘मिरमिरे’ र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएका हुन् ।  

चलचित्र ‘भाईरल गोर्खे’लाई निगम श्रेष्ठले निर्देशन गरेका छन् । यो चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पवीको मुख्य भूमिका छ । 

‘मिरमिरे’मा यम शेर्पाको लेखन तथा निर्देशन रहेको छ । यो चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायतको अभिनय छ । 

‘गोबर गणेश’लाई हाँस्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ले निर्देशन गरेका छन् । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।

यो चलचित्रमा बल्छीसँगै, वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङलगायतको अभिनय छ । 

‘मिरमिरे’ र ‘भाईरल गोर्खे’ रिलिज हुँदा सौगात मल्ल र दयाहाङ राईबीच प्रतिस्पर्धा हुनेछ । बक्सअफिसमा यी दुई कलाकारबीच को सफल हुनेछन् अबको केही दिनमा आउने बक्सअफिस तथ्यांकले देखाउनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष