खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी

एजेन्सी, ३० पौष । संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने चेतावनी दिएको छ ।

डब्ल्यूएफपीका कार्यकारी निर्देशक सिन्डी म्याककेनले ३१ करोड ८० लाखभन्दा धेरै मानिसले खाद्य असुरक्षाको गम्भीर समस्याको सामना गरिरहेका बताउनुभएको कतार न्युज एजेन्सीले जनाएको छ ।

कार्यकारी निर्देशक म्याककेनले बढ्दो खाद्य सङ्कटलाई समाधान गर्न द्रुत, रणनीतिक र निर्णायक कार्य आवश्यक रहेको उल्लेख गर्दै डब्ल्यूएफपीले मात्र भोकमरी अन्त्य गर्न नसक्ने बताउनुभएको छ ।

राष्ट्रसङ्घका अधिकारीहरूले मानव निर्मित अनिकाल अन्त्य गर्न, मानवीय कोष बढाउन र विश्वभर बढ्दो भोकमरीको केन्द्रमा रहेको द्वन्द्वलाई सम्बोधन गर्न तत्काल कदम चाल्न विश्वका नेताहरूलाई आह्वान गरेका छन् ।

नयाँ वर्षको शुरुआती दुई हप्तामै विश्वले खतरनाक र विश्वव्यापी भोक सङ्कटको जोखिमको सामना गरिरहेको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार पूरै कार्यकाल चल्ने बताएका छन् । 

काठमाडौँ, १८ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय

काठमाडौँ, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति अँध्यारो सुरुङ तर्फ धकेलिएको र संविधान तथा

काठमाडौँ, १८ असोज । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवार घोषणा गरेका छन् ।  महर्जनले युवापुस्ताका लागि