‘परान’को टिकटमा ७५ रुपैयाँ छुट

काठमाडौँ, ३० पौष । फिल्म परानले मंगलबार आफ्नो प्रदर्शनको ७५ औँ दिन पुरा गरेको छ । सोही अवसरमा निर्माण टिमले अब केहि दिनका लागि टिकटमा ७५ रुपैयाँ छुटको व्यवस्था गरेको छ ।

निर्माण युनिटले ‘परान’ फिल्म ७५ औँ दिनको सेलिब्रेशनका लागि यो छुट दिएको हो । फिल्मका निर्माता रञ्जित आचार्यले छुटको व्यवस्था केहिदिनका लागि गरिएको बताए ।

आर्चायका अनुसार यो छुट खल्ती एपबाट टिकट काट्नेहरूका लागि मात्र व्यवस्था गरिएको हो । खल्ती एपबाट टिकट काट्दा ७५ रुपैयाँ क्यासब्याक पाउन सकिनेछ । ‘परान’को मंगलबार काठमाडौँमा मात्रै पनि पाँचवटा शो रहेको थियो । खल्ती एपमा भोलिका लागि पनि ६ वटा शो उपलब्ध छन् ।

‘परान’ले पछिल्लो शनिबार (७२ औँ दिन)सम्म आइपुग्दा १७ करोड ७४ लाख २२ हजार १९० रुपैंया कलेक्सन गरेको बक्स अफिसमा उल्लेख गरेको छ ।

फिल्ममा वरिष्ठ अभिनेता नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित