रुसी आक्रमणबाट युक्रेनमा चार जनाको मृत्यु

एजेन्सी, २९ पौष । युक्रेनको उत्तरपूर्वी सहर खार्किवमा रुसले गरेको पछिल्लो आक्रमणमा परी चार जनाको मृत्यु भएको छ ।

क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले मङ्गलबार दिएको जानकारी अनुसार खार्किवको बाहिरी इलाकामा भएको यस आक्रमणमा अन्य ६ जना घाइते भएका छन् ।

रुसले पछिल्लो समय युक्रेनी सहरहरूलाई लक्षित गरी ड्रोन र मिसाइल आक्रमण तीव्र पारेको छ । खार्किवका मेयर इगोर टेरेखोभले रुसी लामो दूरीको ड्रोनले बालबालिकाको मेडिकल सेन्टरमा समेत प्रहार गरेको बताएका छन् ।

उक्त प्रहारका कारण अस्पतालमा आगलागी भए पनि मानवीय क्षति भने हुन पाएन । रुसी आक्रमणको प्रभाव दक्षिणी सहर ओडेसासहित अन्य क्षेत्रमा पनि देखिएको छ । क्षेत्रीय गभर्नर सेर्गी लिसाकका अनुसार रातभर भएका आक्रमणबाट आवासीय भवन, अस्पताल र किन्डरगार्टेनमा क्षति पुग्नुका साथै कम्तीमा पाँच जना घाइते भएका छन् ।

मस्कोले युक्रेनका ऊर्जा पूर्वाधारहरूलाई मुख्य निशाना बनाउँदै दैनिक रूपमा ड्रोन र मिसाइल प्रहार गरिरहेको छ । गत हप्ता रुसले युक्रेनमा ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि वासिङ्टन र किएभका अन्य सहयोगी राष्ट्रहरूले त्यसको कडा निन्दा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार पूरै कार्यकाल चल्ने बताएका छन् । 

काठमाडौँ, १८ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय

काठमाडौँ, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति अँध्यारो सुरुङ तर्फ धकेलिएको र संविधान तथा

काठमाडौँ, १८ असोज । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवार घोषणा गरेका छन् ।  महर्जनले युवापुस्ताका लागि