ईरानसँग व्यापार गर्ने देशमाथि अमेरिकाले बढायो भन्सार शुल्क 

एजेन्सी, २९ पौष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  इरानसँग व्यावसायिक सम्बन्ध भएका देशहरूबाट आउने सामानहरूमा २५%  भन्सार शुल्क बढाउने निर्णय गरेका छन् ।

सरकार विरोधी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गर्दै गर्दा तेहरानमाथि दबाब सिर्जना गर्न अमेरिकाले यस्तो कदम चालेको हो ।

‘इस्लामिक गणतन्त्र इरानसँग व्यापार गर्ने कुनै पनि देशले संयुक्त राज्य अमेरिकासँग गरिने कुनै पनि र सबै व्यापारमा २५% को शुल्क तिर्नेछ,’ ट्रम्पले सोमबार ट्रुथ सोशलमा लेखेका छन्, ‘यो आदेश अन्तिम र निर्णायक छ ।’

चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, त्यसपछि इराक, संयुक्त अरब इमिरेट्स, टर्की र भारत छन् । यसअघि थप प्रदर्शनकारीहरू मारिएमा अमेरिकाले ईरानमा सैन्य हस्तक्षेप गर्ने दाबी ट्रम्पले गरेका थिए ।

ह्वाइट हाउसले भन्सारको बारेमा थप जानकारी सार्वजनिक गरेको छैन । इरानमा मुद्रा स्फीतिका कारण दैनिक उपभोग्यको मूल्यवृद्धि हुँदा २८ डिसेम्बरदेखि विरोध प्रदर्शनहरू सुरु भएको छ । यस प्रदर्शनले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको सत्ता वैधानिकताको संकटमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार पूरै कार्यकाल चल्ने बताएका छन् । 

काठमाडौँ, १८ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय

काठमाडौँ, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति अँध्यारो सुरुङ तर्फ धकेलिएको र संविधान तथा

काठमाडौँ, १८ असोज । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवार घोषणा गरेका छन् ।  महर्जनले युवापुस्ताका लागि