इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री अराग्ची

एजेन्सी, २९ पौष । इरानका विदेशमन्त्री अब्बास अराग्चीले सरकारले स्थितीलाई पकडमा ल्याएको र आवश्यक परे संवादका लागि तयार रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएपछि इरानका विदेशमन्त्रीले आफूहरु युद्ध र वार्ता दुवैका लागि तयार रहेको बताएका छन् ।

इरानमा आन्दोलनकारीमाथि सत्तापक्षले गरेको दमनको विरोधमा विश्वभर प्रदर्शन भएको छ । दमनको विरोधमा पेरिस, बर्लिन, हेग, लण्डनलगायत विभिन्न युरोपेली शहरमा प्रदर्शन भएको हो । न्युजिल्यान्डको अकल्यान्ड, अमेरिकाको ओर्लान्डो र जापानको टोकियोमा ठूलो सङ्ख्यामा प्रदर्शनकारीले इरानका नागरिकको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।

गएको बिहीबारदेखि इरानमा इन्टरनेट र टेलिफोन सेवा बन्द हुँदा मानवीय क्षतिको विवरण थाहा पाउन मुश्किल भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर आन्दोलनमा अहिलेसम्म ५ सय ३८ जनाको ज्यान गएको तथा कम्तिमा १० हजार ६ सय जना प्रहरी हिरासतमा रहेको विवरण छ ।

दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको र बेरोजगारी बढेको भन्दै इरानमा गएको डिसेम्बर २८ यता आन्दोलन चलिरहेको छ । आर्थिक सुधारको मागसहित शुरु भएको आन्दोलन अहिले सत्ता परिवर्तनको मुद्दा बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत