नेपाली महिला टोलीले अमेरिकालाई ४ विकेटले हरायो

काठमाडौँ, २७ पौष । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअघिको तेस्रो तथा अन्तिम अभ्यास खेलमा नेपालले अमेरिकालाई ४ विकेटले हराएको छ ।

अमेरिकाले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर भेटायो । नेपालकी सम्झना खड्काले ४९, पूजा महतोले ४३ रन बनाइन् । अमेरिकाकी तारा नोरिस र लेखा सेट्टीले २/२ विकेट लिए ।

यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनायो । अमेरिकाकी एला क्लारिजले ३९ रन बनाइन् । नेपालकी मनिषा उपाध्यायले २ विकेट लिइन् ।

यसअघिको दुई वटै अभ्यास खेलमा नेपाल पराजित भएको थियो । नेपाल पहिलो खेलमा अमेरिकासँग र दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो । आजको तेस्रो अभ्यास खेलमा नेपालले जिम्बावेसँग खेल्ने तालिका भए पनि अन्तिम समयमा आएर टोली परिवर्तन भएको हो ।

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आउँदो माघ ४ गतेदेखि त्रिवि मैदान र माथिल्लो मूलपानी मैदानमा शुरू हुँदैछ । नेपालले समूह चरणका चार वटै खेल त्रिवि मैदानमा खेल्नेछ । १० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा ‘अनलाइम गेम’ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले ४० जना भारतीय नागरिकसहित ४२ जनालाई

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate