काठमाडौँ, २७ मङ्सिर । नेपाल सरकारको सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने योजनालाई सकारका पार्दै सन् २०१८को ११ औं महिनासम्म अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् ।
जनववरीदेखि नोभेन्बरसम्म नेपालमा १० लाख १ हजार ९ सय ३० जना विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या अघिल्लो वर्ष सन् २०१७को भन्दा १७ प्रतिशतले बढी हो ।
यो तथ्यांकमा अक्टोबर र नोभेम्बर महिनामा स्थलगत संख्या पनि जोड्दा जनवरीदेखि नोभेम्बरसम्ममा नै करिब २३ प्रतिशत वृद्धि देखिने बोर्डले जनाएको छ ।
यो ११ महिनामा २ लाख ६० हजार पर्यटक भारतबाट आएका छन् । यस्तै यसवर्ष १ लाख ३४ हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । थाइल्याण्ड, जापान र उत्तर कोरियाबाट नेपाल आउने पर्यटकको संख्या पनि ठूलो छ । युरोप अमेरिकाबाट पनि नेपाल आउने पर्यटकको संख्या बढ्दो छ । यो वर्ष २ लाख २४ हजार पर्यटकले पनि नेपालको भ्रमण गरेका छन् । ११ महिने अवधिमा ८२ हजार ८ सय अमेरिकन र ३३ हजार ५ सय अष्ट्रेलियन पनि नेपाल भित्रिएका थिए ।






