सन्दीप लामिछाने राजशाही वारियर्सको प्लेइङ-११ मा फर्किए

काठमाडौँ, २५ पौष । नेपालका लेग स्पिनर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बीपीएल) को खेलमा राजशाही वारियर्सको प्लेइङ-११ मा फर्किएका छन् ।

पहिलो र दोस्रो खेलमा प्लेइङ–११ परेका सन्दीप त्यसपछि लगातार तीन खेलमा बेन्चमा रहेका थिए । सन्दीपले यसअघिका दुई खेलमा ३ विकेट लिएका थिए ।

बीपीएलमा राजशाही वारियर्सले आज आफ्नो छैटौँ खेलमा चत्तोग्राम रोयल्ससँग खेलिरहेको छ । सिलहटमा टस हारेर राजशाहीले ब्याटिङ गरिरहेको छ । अङ्क तालिकामा राजशाही ५ खेलमा ८ अङ्कसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

एजेन्सी, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार