इरानद्वारा भेनेजुएलाका राष्ट्रपति मादुरोको रिहाइ माग

एजेन्सी, २३ पौष । इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले संयुक्त राज्य अमेरिकालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् ।

उनले मादुरोलाई पक्राउ गर्ने अमेरिकाका कदमलाई गैरकानुनी र भेनेजुएलाको सार्वभौमसत्ताविरुद्धको कार्य भन्दै भर्त्सना गरेका छन् । 

तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै बाघेईले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीपछि मादुरो र उनकी पत्नीलाई अपहरण गरिएको आरोप लगाउँदै यो कार्य अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भएको बताए । 

उनले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघनको विरुद्धमा प्रतिक्रिया जनाउन आग्रह गर्दै यस्ता व्यवहारहरू नरोकिने चेतावनीसमेत दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत